images
images

जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा

जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा

    काठमाडौँ / सरकारले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो ।

    images
    images

    मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरुवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ । सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत मन्त्रालयद्वारा जारी सूचनामा अनुरोध गरिएको छ ।

    शिक्षक सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा रोक्का गर्ने निणर्य गरेकी थिइन् ।

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार