काठमाडौँ / नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
संघको संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।
नयाँ निर्धारण भएको मूल्यअनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ४६५ रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्ने संघले जनाएको छ ।
नयाँ निर्धारण गरिएको मूल्य पहिलेको भन्दा बढेको हो । गर्मीका कारण अण्डा उत्पादन घटेको छ ।