images
images

गर्मीले अण्डा उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढ्यो

गर्मीले अण्डा उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढ्यो

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • गर्मीले अण्डा उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढ्यो
    images
    images

    चितवन / अण्डाको मूल्य बढेपछि उत्साहित  कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
     
    नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउछन् ।

    गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए । 
     
    पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउछन् । हाल एउटा अण्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य रु १४.५ थियो । 
     
    नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउछन् । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनी बताउछन् । 
     
    पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट  किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउनुहुन्छ । उनले भने, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”
     
    मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार