बहुमुल्य तथा दुर्भल वनस्पति केशरको व्यवसायिक खेती गर्न थालिएपनि यसको माग अनुसार हुन सकेको छैन ।
दक्षिण यूरोपमा बढी फल्ने केशरको माग दिन प्रतिदिन बढ्दो छ । विशेषगरी भारतको जम्मुकश्मिर क्षेत्रमा बढि लगाइन्छ ।
विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने र प्रति के.जि १० लाखसम्म बिक्री हुन्छ ।
केशर लसुन वा प्याजको आकारको सेतो गानो जस्तो बिउ हुन्छ
पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर हुन्छ । यो फूलेको बेला मन लोभ्याउने दृष्य देखिन्छ ।
हलुका कोप्रो आकारको यस फूलको बीजबाट २(३ वटा राता रङका लामा र मसिना केस्रा निस्कन्छन् । ती प्रायः ६ देखि ८ सेन्टिमिटर, लामा हुन्छन् । र, ती केस्रासँगै छोटा आकारमा पहेला रङका केही मुना पनि निस्किनछन् ।
नीलो, रातो र पहेलो रङको सम्मिश्रणमा यो वनस्पतिले धरती सजाउँछ । विश्वमा दुर्भल मानिएको केशर खेतीले आन्तरिक एवं बाह्य पर्यटकलाई समेत आर्कशित गर्छ ।
नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । विश्वमा केशरको खेती गर्दै आएका देशमा स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन र जापान रहेका छन् ।
नसा बलियो पार्नेदेखि अनुहार सफा गर्नेसम्म उपयोगिता
केशरको उपयोगिता धेरै छ । नसा बलियो पार्ने औषधिको रुपमा प्रयोग हुन्छ । यस्तै दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने गर्छ । केशरको उपयोगिता र गुण धेरै रहेको पाईएको छ ।
केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा उर्जा प्राप्त हुनुका साथै अनेक रोग संग लड्नको लागि शरीरमा रोग प्रतिरात्मक क्षमता बढाउने गर्छ ।
गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चकम आउने, पाचनप्रणाली ठिक रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता प्रशस्त फाईदा हुने विज्ञहरुले बताएका छन् । र्यासागुम्बामा हुने गुणहरु समेत केसरमा पाईने साथै केशरलाई बहुमुल्य मसलाको रुपमा प्रयोग पनि गरिने गरिन्छ ।
केशरको कृषि पद्धती कस्तो ठाउँमा हुन्छ ?
समुद्र सतहबाट करीव १५०० देखि २५०० मिटरको उचाईमा यसको खेति राम्रो हुन्छ । ओसिलो वातावरण, बालुवा मिश्रित चिम्टाईलो माटो र प्रांगरिक मल यो खेतिको आवश्यक खुख्य आधार हो । तुषारो तथा हुस्सुले नष्ट नगरोस् भनेर एन्टिफग् पाउडर र दाउराका काला कोईला पनि पिठो बनाएर माटोमा प्रयोग गर्न सकिन्छ ।
माटोलाई हलुका डिल वा ड्याङ बनाएर त्यसमाथी केशरको बीच करिव ४ देखि ६ इन्चसम्मको फरकमा रोप्नुपर्दछ । साउन महिनाको सुरुवात यस खेतीको लागि उपयुक्त हुन्छ । असोजको मध्यतिर फूल टिप्न तयार हुन्छ । जब फूलबाट राता केस्रालाई अलग गरिन्छ । फूलका यिनै राता केस्रा नै विश्वबजारमा अति मुल्यवान औषधिका रुपमा विक्री हुन्छ ।
केशरको व्यवसाय ?
नेपालको पूर्वी क्षेत्र तथा पश्चिम जुम्ला लगायत विभिन्न क्षेत्रमा लगाउन सुरु गरिएपनि अझै ठूलो क्षेत्रफलमा व्यवसायिक खेती गर्न सकिएको छैन । बजारमा प्रति केजी ८ देखि १० लाखसम्म नेपाली रुपैंयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा शुन्यप्राय देखिन्छ ।
यसको खेतिका निम्ति उपयुक्त जमिन र वातावरण नेपालमा भरपुर छ । तर, हालसम्म सरकारले कुनै चासो नदिएको कारण नेपालमा केशर खेतिको उत्पादन हुन नसकेको स्थिती छ । नेपालजस्तो निम्न अर्थतन्त्र भएको मुलुकमा यस्तो बहुमूल्य र गुणकारी केशरको खेती हुन जरुरी छ ।