images
images

बैङ्क तथा वित्तीय संस्थालक्षित अराजक गतिविधि तत्काल नियन्त्रण गर्न चार सङ्गठनको माग

बैङ्क तथा वित्तीय संस्थालक्षित अराजक गतिविधि तत्काल नियन्त्रण गर्न चार सङ्गठनको माग

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • बैङ्क तथा वित्तीय संस्थालक्षित अराजक गतिविधि तत्काल नियन्त्रण गर्न चार सङ्गठनको माग

    काठमाडौँ / बैङ्क तथा वित्तीय संस्थाहरूका चार सङ्गठनले पछिल्ला दिनहरूमा बैङ्क तथा वित्तीय संस्थाविरुद्ध लक्षित क्रियाकलाप झन् बढ्दै गएको भन्दै सरोकारवालाहरूको ध्यानकर्षण गराएका छन्।

    images
    images

    बैङ्क तथा वित्तीय संस्थालक्षित अराजक गतिविधि तत्काल नियन्त्रण गर्न चार माग गर्दै नेपाल बैङ्कर्स संघ, डेभलपमेन्ट बैङ्कर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैङ्कर्स संघले संयुक्त विज्ञप्ति जारी गरेको हो । 

    वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरूलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवाअन्तर्गत रहेका बैङ्क तथा वित्तीय संस्थालाई सहज रूपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाई दिनका लागि सरकारसँग जोडदार माग गरेका छन्।

    विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नोनिहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरूलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको उनीहरूको भनाई छ । 

    पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरूलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरूले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरूका केही शाखाहरूमा केही अप्रिय घटनाहरू भएका छन् । 

    कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरू भएकोप्रति गम्भिर ध्यानकर्षण गराएका छन्। आफ्ना ग्राहकहरूलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 

    करौडौँ व्यक्तिहरूको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्नानिहित स्वार्थ पूर्तिका लागि नियोजित रूपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरूको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौँ। संयुत्त विज्ञप्तिमा भनिएको छ।

    लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेका छन् । 

    प्रचलित ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रूपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट गरेका छन्।

    यस प्रकारका अवाञ्छित गतिविधिहरूलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवाअन्तर्गत रहेका बैङ्क तथा वित्तीय संस्थालाई सहज रूपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि हामी नेपाल सरकारसँग जोड्दार माग राखेका छन्। 

    त्यस्तैगरी, व्यवसायिक सहजीकरणका लागि हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरूसँग अनुरोध समेत गरेका छन ।

    ग्राहक र बैङ्क तथा वित्तीय संस्था बिचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मूख्य प्राथमिकतामा राखी यस्ता किसिमका घटनाहरूबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रूपमा ग्राहकलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरूपमा प्रतिबद्ध समेत जनाएका छन् ।  

    नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैङ्कको निर्देशनको परिधिभित्र रही पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले छरिएर रहेको रकमलाई सङ्कलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार