images
images

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • images
    images
    हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने
    images
    images

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

    images
    images

    साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो । 

    कम्पनीले व्यतित बीमालेखहरु जेठ ६ गतेदेखि जेठ १८ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

    तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।

    यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने कम्पनीले जनाएको छ। 

    कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनील स्पष्ट पारेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार