images
images

नाभाल्नीको सहयोगी : पुटिनविरुद्धको अभियानबाट ‘कहिल्यै पछि नहट्ने’

नाभाल्नीको सहयोगी : पुटिनविरुद्धको अभियानबाट ‘कहिल्यै पछि नहट्ने’

शनिवार, जेठ ५ २०८१
शनिवार, जेठ ५ २०८१
  • नाभाल्नीको सहयोगी : पुटिनविरुद्धको अभियानबाट  ‘कहिल्यै पछि  नहट्ने’

    रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘कहिल्यै पछि नहट्ने’ बताएका छन् । 

    images
    images

    नाभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा मृत्यु भएको थियो । नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार रहेको वोल्कोभले बताएका छन् । 

    लिथुआनियास्थित आफ्नो घरबाहिर मार्चमा भएको आक्रमणपछिको पहिलो टेलिभिजन अन्तर्वार्तामा भोल्कोभले बीबीसीको ‘सन्डे विथ लौरा कुएन्सबर्ग’ मा भने, “पुटिनलाई परास्त गर्न र भविष्यमा सुन्दर रूस निर्माण गर्न नाभाल्नीले हामीलाई कहिल्यै हार नमान्न र आफ्नो काम जारी राख्न आग्रह गर्नुभएको थियो । हाम्रो अभियान सफल नहुँदासम्म आन्दोलन जारी रहने छ ।”

    भोल्कोभले शनिबार प्रसारित अन्तर्वार्तामा भने, “नाभाल्नी महान व्यक्ति, प्रेरणादायी व्यक्तित्व, एक सच्चा नायक र महान र धेरै सक्षम राजनीतिक नेता’ हुनुहुन्थ्यो । उहाँको मृत्युले ‘हाम्रो हृदयमा गहिरो चोट’ लागेको छ यसलाई निको पार्न निकै कठिन हुनेछ ।”
     
    तर विपक्षी आन्दोलनको काम अब नाभाल्नीकी पत्नी युलियाले सम्हाल्ने बताइन् । 

    भोल्कोभले सन् २०२३ सम्म दिर्वगत विपक्षी नेता नाभाल्नीको पूर्व चिफ अफ स्टाफ थिए भने उनले नाभाल्नीद्वारा स्थापना गरेको भ्रष्टाचारविरोधी सङ्गठन (एन्टी करप्सन फाउन्डेसन)को अध्यक्षको रूपमा काम गरेका थिए। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार