images
images

सिप प्रवर्द्धन : ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता, म्याग्दीमा मादल बजाउने तालिम

सिप प्रवर्द्धन : ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता, म्याग्दीमा मादल बजाउने तालिम

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • सिप प्रवर्द्धन : ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता, म्याग्दीमा मादल बजाउने तालिम

    काठमाडौँ / नेपालको मौलिक कला, संस्कृति लोप हुन लागेको बहस चल्दै गर्दा पछिल्लो समय स्थानीय तहहरूले मौलिक कला, संस्कृतिको संरक्षणका लागि काम गर्न सुरु गरेका छन् । मौलिक बाजा संरक्षण गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिकाले मादल बजाउने तालिन सञ्चालन गरेको छ ।

    images
    images

    Madal bajaune.jpg

    नगरपालिकाले मौलिक बाजा संरक्षण गर्ने उद्देश्यले आमा समूहका प्रतिनिधिहरूका लागि मादल बजाउने तालिम सञ्चालन गरिएको जनाएको छ । 

    यता, ताप्लेजुङमा भने टपरी गाँस्ने प्रतियोगिता सुरु भएको छ । आज बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत शुक्रबार टपरी गाँस्ने प्रतियोगिता सञ्चालन गरिएको हो । 

    Tapari gasne.jpg

    स्थानीय उत्पादनको प्रर्वद्धन र प्रयोग बढाउने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । 
    तस्बिर : रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार