images
images

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न,  प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न,  प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न,  प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता

    काठमाडौँ / एशियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२४’ सम्पन्न गरेको छ । सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images

    एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु-याउँदै आएको छ । 

    यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाएका छन् । बिहीबार ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका थिए । 

    त्यसतै, कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले सम्बोधन गरेका थिए । उनीहरूले आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिएका थिए । 

    कार्यक्रमको मुख्य आकर्षणको रूपमा यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड)हरू  SOIL, INTO THE DEEP, GOBLIN MODE र  RETRO FUTURISM  घोषणा गरे ।

    एशियन पेन्ट्सका कलमइस्ट ,द्दडिटर तथा सिनियर एडभाइजर, मञ्जु सारा राजनले ’त्भ्च्च्ब्’ लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गरिन् । 

    जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड हो । यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ र आजको द्रुत–गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्द छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार