images
images

विज्ञहरू भन्छन् : रेमिट्यान्स विकासको दीर्घकालीन माध्यम होइन

विज्ञहरू भन्छन् : रेमिट्यान्स विकासको दीर्घकालीन माध्यम होइन

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • विज्ञहरू भन्छन् :  रेमिट्यान्स विकासको दीर्घकालीन माध्यम होइन

    काठमाडौँ / अर्थविज्ञहरूले राज्यको अर्थतन्त्र वृद्धिमा विप्रेषण (रेमिट्यान्स) महत्वपूर्ण भए पनि विकासको दीर्घकालीन माध्यम भने नभएको बताएका छन् । 

    images
    images

    फेड्रिक इबर्ट स्टिफ्टुङ्ग (एफइएस)ले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र सामाजिक न्याय’ विषयक कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् । 

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्यले रेमिट्यान्स विकासको दीर्घकालीन उपाय नहुने तर्क गर्दै स्वदेशी उत्पादनमा जोड नदिएसम्म विकास नहुने धारणा राखे । 

    “विकास र उत्पादन अन्योन्याश्रित छन् । हामीले अरूबाट ल्याएको भरमा विकास भयो भन्न मिल्दैन, विकास हुन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ”, उनले भने ।

    छलफलमा सहभागी अन्य व्यक्तिले पनि विकास, राज्यको अर्थतन्त्रको अवस्था र सामाजिक न्यायमाथि विमर्श गरेका थिए । 

    त्यसक्रममा मुख्यवक्ता नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुङ्गानाले राज्यको अर्थतन्त्रमा कोभिड– १९ का कारण नकारात्मक असर परे पनि विस्तारै सुधार हुँदै गएको बताइन् । 

    उनले पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालको अर्थतन्त्रमा क्रमिक परिवर्तन आए पनि कोभिड महामारी, भूकम्पजस्ता विपद्ले समस्या सिर्जना गरेको धारणा राखिन् ।  

    यस्तै, डा. कल्पना खनाल, सरस्वती बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक जमुना श्रेष्ठलगायतले अर्थतन्त्रको अवस्था र सुधारका विषयमा धारणा राखेका थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार