images
images

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त, पछिल्लो कार्यकाल उपलब्धिमूलक भएको बैङ्कको ठहर

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त, पछिल्लो कार्यकाल उपलब्धिमूलक भएको बैङ्कको ठहर

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त, पछिल्लो कार्यकाल उपलब्धिमूलक भएको बैङ्कको ठहर
    images
    images

    काठमाडौँ / नबिल बैङ्क लिमिटेडले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई थप दुई बर्षका लागि प्रमुख सिइओमा पुनः नियुक्त गरेको हो । सिइओ ढुङ्गानाले असार १७ गतेदेखि दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नेछन् । 

    नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही ३० बर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैङ्कले जनाएको छ । 

    राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । 

    नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ ।

    नेपाल बङ्गलादेश बैङ्क लिमिटेड नबिल बैङ्क लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैङ्कको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैङ्किङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । 

    यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैङ्कको शाख र विश्वसनीयतालाई थप उचाइमा पु-याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । 

    भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैङ्किङ्ग क्षेत्रमा पु-याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । 

    साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स संघको अध्यक्षका रूपमा नेपालको बैङ्किङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।  

    नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्कले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार