उच्च पहाडी क्षेत्रका लेकहरुमा पाइने गुच्छी च्याउको अनुसन्धान थालिएको छ ।
च्याउ उत्पादक किसान संघ उक्त रैथाने जातको च्याउको अवलोकन, अनुन्धान तथा खोज शुरु गरेको हो । च्याउ उत्पादक संघ मुलुकभरका विभिन्न प्रजातिका च्याउ व्यवसायिक रुपमा उत्पादन गर्ने किसानहरुको संस्था हो । रैथाने प्रजातीको च्याउलाई नै व्यवसायिक बनाउनु पर्ने अवधारणा लिएर संघका पदाधिकारीहरु राज्यको नीति परामर्श तथा अनुसन्धान खोजमा पनि लागि परेका छन् ।
संघले पश्चिम नेपालको दैलेख जिल्ला लगायतका स्थानहरुमा यहि बैशाख अन्तिम साता पुगेर अवलोकन गरेका थिए । पश्चिम नेपालमा गुच्छी च्याउ जंगल तथा स्थानिय क्षेत्रमा आफैँ उम्रिन्छ ।
यहि वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म संघले स्थानीयहरुको सहयोगमा दैलेख, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लाहरूका उच्च पहाडी क्षेत्र पुगेको थियो । चिसो लेक क्षेत्रमा पाइने अन्य च्याउहरुको पनि खोजी गरेको संघका अवलोकन कर्ताहरुले बताए ।
यदि हाम्रो परिक्षण सफल भए यस प्रजातिको च्याउलाई उचित वातावरणमा व्यावसायिक च्याउ खेती गरिने संघका अध्यक्ष सन्तोष कार्कीले बताए। च्याउको खोज अनुसन्धानका लागि यो एउटा महत्वपूर्ण क्षण भएको उनले बताए ।
अध्यक्ष कार्कीसँगै गएको समुहले गुच्छी च्याउको फिल्डमै कल्चर टेस्टट्युब गरी परिक्षणको अवस्थामा राखेको छ । अलिकली ताजा च्याउ संकलन गरी साथमा ल्याइएको समेत जनाएको छ ।
च्याउ उत्पादन किसान संघ नेपाल र अखिल नेपाल किसान महासंघ नेपालको टोलीलाई दैलेख, कालिकोट, जुम्ला र रारामा स्थानिय किसानहरूको भिन्दा भिन्दै समुहले फुल– मालाका साथ दोसल्ला ओढाई स्वागत समेत गरेको थियो ।
संघका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज विजय ज्ञवालीले कर्णाली प्रदेश भित्र रहेका च्याउहरूको प्रचार प्रसार, विकास विकास गर्न सके उद्यमसिलता बढ्ने तथा, मुलुकको अयाबृद्धिमा सहयोग पुग्ने बताए ।
शताब्दिदेखि उत्पादन भैँ पहिचान नखुली जङ्गल भित्र नै कुहिएर खेर गएका अनेकौँ पोषणयुक्त औषधी जन्य गुण र रोग प्रतिरोधात्मक क्षमता भएका प्राकृतिक रैथाने च्याउ बालीहरू गुच्छी, यार्चा, गानोडर्मा, टर्कीटेल लगायत सेवन गर्न मिल्ने कैयौँ च्याउ जन्य जडीबुटीहरूलाई व्यवसायिक प्रयोजनमा ल्याउनु पर्ने देखिन्छ ।
यो पनि पढ्नुस् : बिषालु च्याउ कसरी चिन्ने ?
च्याउ उत्पादक किसान संघ नेपालका निवर्तमान अध्यक्ष एवम् किसान महाँसंघ नेपालका उपमहासचिव पिएन अधिकारीले च्याउ उत्पादक किसान संघको यो कार्य प्रशंसा गरे । राज्यले नै गर्नुपर्ने अनुसन्धानको काम किसानहरुले गरेको उनले बताए ।
च्याउ उत्पादक किसान संघ नेपालका सचिव रमेश सापकोटाले संघले यसरी विभिन्न औषधिय गुणले निपुर्ण र पोषिला च्याउहरुको अवलोकन गर्दै अनुसन्धान गर्दा थप जोस जाँगर र सम्भावना देखिएको बताए ।
जुम्ला निवासी प्रतिमा बुढा, खम्बिनी बुढा , गङ्गा बिष्ट, सुनिता बोहरा, डबल महतरा, लालकली बिष्ट, धिरेन्द्र बिष्ट लगायतका व्यक्तिहरुको समेत यस कार्यमा उपस्थिति भएर अवलोकन गराउन सहजीकरण गरेका थिए ।
नेपालका जंगलहरुमा सयौं प्रजातिका च्याउहरु पाइन्छन् । जसको पहिचान हुनै बाँकी छ । तरकारीको रुपमा प्रयोग हुने मात्रै नभइ जडिबुटिको लागि महत्वपूर्ण च्याउहरु पनि नेपालको जंगलमा पाइने विभिन्न खोज अनुसन्धानले देखाएको छ ।