images
images

[नीति तथा कार्यक्रम] : औद्योगिक क्षेत्रमा सरकारको योजना  केके छन् ?

[नीति तथा कार्यक्रम] : औद्योगिक क्षेत्रमा सरकारको योजना  केके छन् ?

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • [नीति तथा कार्यक्रम] : औद्योगिक क्षेत्रमा सरकारको योजना  केके छन् ?
    images
    images

    काठमाडौँ/  सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लागि परेको जनाएको छ । 

    औद्योगिक क्षेत्रको कानुन व्यवस्थालाई समयानुकूल बनाउने, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । 

     त्यस्तै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग र कृषि तथा अन्य क्षेत्रमा आबद्ध क्षेत्रलाई एकीकृतरुपमा अघि बढाइने घोषणा पनि गरेको छ । यस्तै औद्योगिक विकासका लागि सरकारले लिएका योजनाहरु बुँदागत रुपमा हेरौं । 

    १. उद्यमशीलता विकास र स्वारोजगार हुनेगरी सरकारी क्षेत्रको कार्याक्रम अघि बढाइने, 

    २. मेक इन नेपाल र मेड इन नेपाललाई अभियानकारुपम अघि बढाउने, 

    ३. खानी क्षेत्रको उत्खननका लागि स्वदेशी र विदेशीलाई प्रोत्साहन, 

    ४. वन, खानी र खनिजजन्य स्रोतको संरक्षण तथा समुचित सदुपयोग गर्दै विकास निर्माणमा चाहिने आवश्यक सामाग्री उपलब्धताका लागि वर्तमान कानुनी संरचना सुधार गर्ने, 

    ५. म्याग्नेसाइट, फस्फोरस र फलाम लगायतका सम्भाव्य खानीको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, 

    ६. दैलेखको पेट्रोल खानी उत्खननको काम अगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, 

    ७. नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न तीन तहका सरकारबिच समन्वय गर्ने, 

    ८. उद्यम नीतिको कार्यान्वयन र औद्योगिक वातावरण सुधार गर्न प्राज्ञिक संस्थासँग समन्वय गर्ने,

    ९.निजी क्षेत्रसँगको समन्वयमा सातै प्रदेशमा ‘बिजनेस इन्कुभेसन सेन्टर’ सञ्चालन गर्ने, 

    १०. आगामी आर्थिक वर्षमा कम्तीमा १ हजार युवालाई स्टार्टअप बनाउन सहुलियत कर्जा प्रदान गर्ने,

    ११. वैदेशिक रोजगारीबाट फर्केका युवालाई घरेलु तथा मझौला उद्योग स्थापना तथा सञ्चालनमा प्रोत्साहन गर्ने,

    १२. नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रयोग बढाउन कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई प्रोत्साहन गर्ने,

    १३. दोधारा चाँदनी सुख्खा बन्दरगाह सम्पन्नता अघि बढाइने, 

    १४. भारतसँगको समन्वयमा व्यापार लागत घटाउन पहल गर्ने, 

    १५ . निर्यात हुन सक्ने बाली र वस्तुको भौगोलिक संकेत चिन्ह प्राप्त गर्ने  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार