images
images

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग
    images
    images

    काठमाडौँ / सांसद एवं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनसँग रिङरोड तेस्रो खण्ड (बसुन्धरादेखि धोबिखोलासम्म) विस्तार गर्ने परियोजनालार्इ नेपालकै लगानीमा बनाउने गरी आगामी बजेटमा समावेश गर्न माग गरेका छन् ।

    सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित नेपालकै लगानीमा बनाउने गरी काम थाल्न माग गरेका हुन् । रिङरोड बिस्तारको दोश्रो खण्ड (कलंकीदेखि बसुन्धारा)सममको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रकृया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिश्चित बनेको पौडेलले बताए ।

    धुलाम्मे साघुरो सडकका कारण सर्वसाधरणले सास्ती खेप्नुपर्ने भएकोले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो । चीन पक्षबाट दोश्रो खण्डकै काम हालसम्म पनि शुरु नभएको उनको भनाइ छ । 

    नेता पौडेलले अर्थमन्त्री पुनसँगको भेटमा रिङरोड विस्तार लगायत काठमाडौँ उपत्यकाका एवं देशका आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामि बजेटमा समेट्न ध्यानाकर्षण गराएका हुन् ।

    पौडेलले काठमाडौँको यातायात व्यवस्था सहज बनाउन महत्त्वपूर्ण मानिएको बिष्णुमति करिडोरलाइ नमुना करिडोरको रूपमा विकास गरी बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराउन माग गरेका छन् ।

    त्यसैगरी उनले शहीद गङ्गालाल राष्ट्रिय ह्रदय केन्द्रलार्इ चिकित्सा बिषय पठनपाठनको केन्द्र बनाउन पनि माग गरेका छन् । पौडेलले काठमाडौँको टुकुचा खोलामा ढल व्यवस्थित गरी प्रदुषणमुक्त बनाउन, त्यसैगरि कान्ति बाल अस्पताललाइ सुबिधा सम्पन्न बाल अस्पतालको रूपमा बिकास गर्न बजेट व्यवस्थापनको माग गरेका छन्।

    पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू सङ्कलन गर्न एकीकृत पानी सङ्कलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

    नेता पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुबर्षिय योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । उनले रिङरोड तेस्रो खण्डको विस्तारका लागि पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउदै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार