images
images

वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि घटाए ब्याज दर, अब कुन बैङ्कमा कति ब्याज ?

वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि घटाए ब्याज दर, अब कुन बैङ्कमा कति ब्याज ?

जेठ महिनामा एनएमबि र एनआइसी एशिया बैङ्कमा सबैभन्दा बढी र नेपाल एसबिआई बैङ्कमा सबैभन्दा कम ब्याज पाइने भएको छ ।

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि घटाए ब्याज दर, अब कुन बैङ्कमा कति ब्याज ?

    काठमाडौँ / वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि ब्याज दर सामान्य घटाएका छन् । बैङ्कहरू प्रकाशित गरेको सूचना अनुसार जेठ महिनामा बैङ्कहरूको ब्याज दर सामान्य घटेको हो । १९ ओटा बैङ्कहरूले बैशाख महिनाको तुलनमा जेठ महिनामा बैङ्कहरूले औसतमा ०.०७ प्रतिशतले ब्याज दर घटाएको देखिन्छ । 

    images
    images

    बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसतमा ७.१४ प्रतिशत ब्याज दिइरहेका बैङ्कहरूले जेठ महिनामा ७.०६ प्रतिशतविन्दुले ब्याज दिने भएका छन् । त्यस्तै, संस्थागत मुद्दतिमा ५.८९ प्रतिशतबिन्दु ब्याज दर तोकिएको छ । बैशाखमा यस्तो ब्याज दर ५.९६ प्रतिशतबिन्दु रहेको थियो । 

    आगामी जेठ महिनामा हिमालयन बैङ्क, प्रभु बैङ्क, कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले बैशाख महिनामा तोकिएको ब्याज दरलाई नै निरन्तरता दिने भएका छन् । 

    ब्याज दर घटाउने बैङ्कहरू

    जेठ महिनामा एनएमबि बैङ्क, सिटिजन्स इन्टरनेसनल बैङ्क, सिद्धार्थ बैङ्क, प्राइम कमर्सियल बैङ्क, सानिमा बैङ्क, नबिल बैङ्क, एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कले ब्याज दर घटाएका छन् । सबैभन्दा बढी ब्याज घटाउनेमा सिद्धार्थ बैङ्क रहेको छ छ ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगत मुद्दति निक्षेपमा मात्रै ब्याज दर घटाएको छ । सिटिजन्स बैङ्कले व्यक्तिगत मुद्दतिको तुलनामा संस्थागत मुद्दतिमा ब्याज दर बढी घटाएको छ भने प्रभु बैङ्कले व्यक्तिगत मुद्दतिमा मात्रै ब्याज घटाएको छ । अन्य बैङ्कहरूले भने मुद्दति र संस्थागतर्फ समान रूपमा ब्याज दर घटाएका छन् ।  

    ब्याज दर बढाउने बैङ्कहरू

    बैशाख महिनाको तुलनामा दुई ओटा वाणिज्य बैङ्कहरूले जेठ महिनाको लागि ब्याज दर घटाएका छन्। एनआईसी एशिया बैङ्क र ग्लोबल आइएमई बैङ्कले बढाएका हुन्।
    एनआइसी एशियाले व्यक्तिगत मुद्दतिमा ०.०५ प्रतिशबिन्दु र संस्थागत मुद्दतिमा ०.१ प्रतिशतबिन्दुले ब्याज दर बढाएको छ भने ग्लोबल आइएमई बैङ्कले ०५ प्रतिशतबिन्दुले ब्याज दर बढाएको हो ।

    कुन बैङ्कमा पाइन्छ बढी ब्याज ? 

    जेठ महिनामा एनएमबि बैङ्क र एनआइसी एशिया बैङ्कमा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यी दुबै बैङ्कहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.८ प्रतिशतका दरले ब्याज दिने भएका हुन् । यी बैङ्कहरूले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिनेछन् । 

    नेपाल एसबिआई बैङ्कले भने जेठ महिनामा सबैभन्दा कम ब्याज दिने भएको छ । यो बैङ्कले आगामी महिनामा व्यक्तिगत मुद्दतिमा ६.३९ प्रतिशत र संस्थागत मुद्दतिमा ५.३९ प्रतिशतका दरले ब्याज दिनेछ । 

    Notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार