images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको पेस्ट गरिएको लुगा लगाएका २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको पेस्ट गरिएको लुगा लगाएका २ जना पक्राउ

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको पेस्ट गरिएको लुगा लगाएका २ जना  पक्राउ

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड-५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी र्दिए । 

    images
    images

    उनले भने, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन/पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।”

    पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिए। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार