images
images

कर नतिर्न अदालत गुहारेका वर्ल्ड लिङ्कको रिट खारेज, खुल्यो भुक्तानीको बाटो

कर नतिर्न अदालत गुहारेका वर्ल्ड लिङ्कको रिट खारेज, खुल्यो भुक्तानीको बाटो

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • कर नतिर्न अदालत गुहारेका वर्ल्ड लिङ्कको रिट खारेज, खुल्यो भुक्तानीको बाटो

    काठमाडौँ / निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिङ्कले सरकारको निर्देशनविरुद्ध दायर गरेको रिट सर्बोच्च अदालतले खारेज गरेको छ । दुई अर्बभन्दा धेरै रोयल्टी तिर्नु नपर्ने गरी कानुनी उपचारमा गएको वर्ल्ड लिंकको रिटलाई सर्वोच्चले आज (आइतबार) खारेज गरिदिएको हो । 

    images
    images

    सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०७६ मंसिर २३ गते, २०७७ असार ७ र २०७७ असार २४ गते दायर गरिएका तीनवटै रिट खारेज गरिदिएको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष गरेको अनुसन्धानमा २ अर्ब ५० करोड कर छली गरेको पाइएपछि तत्काल भुक्तानीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । 

    सो निर्देशनविरुद्ध वर्ल्ड लिङ्कले सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्चको फैसलासँगै अब कर भुक्तानीको बाटो खुलेको छ । अब इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्कले सरकारलाई मर्मत सम्भार शुल्क वापतको सबै रोयल्टी तिर्नुपर्ने भएको हो । अदालतले रिट खारेजसँगै वर्ल्ड लिङ्कले भएको छ ।

    सर्वोच्चले रिट खारेजसँगै अब सरकारको अध्ययन समितिको प्रतिवेदनअनुसार वर्ल्ड लिंकले मात्रै साढे २ अर्ब रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ । उक्त कर नतिर्ने बाटो खोज्दै उक्त कम्पनी सर्वोच्च अदालत पुगेको थियो । यस निर्णयसँगै अब सरकार र इन्टरनेट सेवा प्रदायकबीचको कर विवाद पनि टुंगिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार