images
images

राष्ट्र बैंकको तथ्याङ्क : ९ महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

राष्ट्र बैंकको तथ्याङ्क : ९ महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

चालु आर्थिक वर्षको ९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशत र निर्यात ३.७ प्रतिशतले घटेको छ ।

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क : ९ महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा मुलुकको आयात र निर्यात दुवै घटेको छ। 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशत र निर्यात ३.७ प्रतिशतले घटेको देखिएको हो । 

    तथ्यांक अनुसार चैतसम्ममा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई रु.११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो। 

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ।

    वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । 

    यस्तै, सोही अवधीमा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई रु. १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो। 

    गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ।

    वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई रु.१०५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.८ प्रतिशत नै रहेको थियो ।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१११ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१०१ अर्ब ६७ करोड बराबरको भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार