images
images

९ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढ्यो, कतिले लिए श्रम स्वीकृति ?

९ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढ्यो, कतिले लिए श्रम स्वीकृति ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • images
    images
    ९ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढ्यो, कतिले लिए श्रम स्वीकृति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा करिब ११ अर्ब रेमिट्यान्स आप्रवाह भएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा गत आवको तुलनामा १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ आप्रवाह भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

    त्यस्तै चालु आवको चैतमा मात्रै १ अर्ब २१ करोड ४० लाख रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । तथ्याङ्कअनुसार चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार