images
images

चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : राष्ट्रसङ्घ

चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : राष्ट्रसङ्घ

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : राष्ट्रसङ्घ

    छिमेकी सुडानबाट पाँच लाख शरणार्थीको आतिथ्यता गरेको चाडलाई आफ्ना एक करोड ८० लाख जसङ्ख्यामध्ये एक तिहाइका लागि खाद्य सुरक्षा तथा पोषण सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय मानवतावादीहरूले बताएका छन् 

    images
    images

    मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच)ले जलवायु परिवर्तन, असुरक्षा र खाद्यान्न तथा इन्धनको मूल्यवृद्धिबाट देशभरको अवस्था बिग्रिएको जनाएको छ । मार्चदेखि चाडले दक्षिणमा मुसलधारे वर्षा र बाढीको सामना गरिरहेको छ ।

    शरणार्थीहरूले देशको पूर्वमा मानवीय अवस्थालाई उल्लेखनीय रूपमा असन्तुलित बनाएका छन् भने चाडमा गैर–राज्य सशस्त्र समूहको आक्रमणले थप विस्थापन निम्त्याइरहेको छ ।

    राष्ट्रसङ्घको प्रतिवेदनअनुसार २४ लाख मानिस खाद्य असुरक्षामा छन् । तीमध्ये तीन लाख मानिस गम्भीर खाद्य असुरक्षामा छन् । प्रभावकारीरूपमा कुनै ठोस सहायता प्रदान गर्न नसकिए यो सङ्ख्या असहज मौसममा ३३ लाख हुन सक्छ ।

    एक अर्ब १० करोड अमेरिकी डलरको चाड मानवतावादी आवश्यकताहरू तथा २०२४ का लागि प्रतिक्रिया योजना छ दशमलव छ प्रतिशत वित्तपोषित रहेको बताइएको छ । यसमा करिब सात करोड ४० लाख डलर प्राप्त भयो ।

    संयुक्त राष्ट्रसङ्घको आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले फेब्रुअरीमा विश्व निकायको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषबाट एक करोड ५० लाख अमेरिकी डलर कोष उपलब्ध गराएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार