images
images

सहकारीमा लेखा समिति निष्क्रिय, सञ्चालकको मनोमानी

सहकारीमा लेखा समिति निष्क्रिय, सञ्चालकको मनोमानी

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • सहकारीमा लेखा समिति निष्क्रिय, सञ्चालकको मनोमानी
    images
    images

    काठमाडौँ / सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरीवेक्षक समिति निष्क्रिय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरूले बताएका छन् । 

    व्यवस्थापन र सञ्चालकको कामको सुपरीवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा सञ्चालकले बद्मासी गरेको र यसले सदस्यहरू पिडित भएको उनीहरूको भनाइ छ । 

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा विहिबारदेखि सुरु भएको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र पेश गर्दै एसियाली ऋण महासंघ (अक्कु)का चिफ टेक्निकल अधिकृत रञ्जित हिताराचीले नेपालको सहकारीमा समस्या आउनुमा लेखा सुपरिवेक्षण समिति मूख्य जिम्मेवार रहेको बताए । 

    ‘सञ्चालक समिति र व्यवस्थापनले कामलाई हेर्न लेखा सुपरिवेक्षण समिति राखिएको हो’, उनले भने, ‘बोर्डले गलत काम गर्दा पनि समितिले हेर्न सकेन र सहकारीमा समस्या आयो ।’ 

    सहकारीहरूमा लेखा समितिमा सञ्चालककै परिवारका व्यक्ति राख्ने, बोर्डसँग संयुक्त मिटिङ बसेर लेखा लेखा प्रतिवेदन पास गर्ने जस्ता गलत प्रवृत्ति रहेको भन्दै यसलाई सुधार गर्न उनले सुझाव दिए । 

    हिताराचीले नेपालका सहकारीहरुले ५ खर्ब पुँजी परिचालन गरिरहेको र यसको सुरक्षाका लागि बलियो नियमन आवश्यक रहेको बताए । ‘सहकारीको नियमन गर्नका लागि दोस्रो तहको नियामक गठन गर्न लागिएको सुनेको छुँ’, उनले भने, ‘यसको विरोध होइन, छिटो भन्दा छिटो स्थापना गर्नका लागि सहयोग गर्नुहोस् ।’ 

    कार्यक्रममा अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी साना रोक्योले लेखा सुपरीवेक्षण समिति प्रभावकारी बनाउनका लागि उपयुक्त व्यक्ति त्यहाँ पुग्ने व्यवस्था आवश्यक रहेकोमा जोड दिइन् । सहकारीको सञ्चालक, लेखा समिति तथा उच्च व्यवस्थापन तहमा काम गर्नुअघि ‘फिट एण्ड प्रोपर टेस्ट’ आवश्यक हुने उनले बताइन् । लेखा सुपरीवेक्षण प्राविधिक काम भएकाले उक्त जिम्मेवारीमा जाने व्यक्ति सम्वधित विषयमा जानकार हुनुपर्ने उनको जोड थियो । 

    कार्यक्रमको अध्यक्षता अक्कु एवं नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार