images
images

वन डढेलो र आगलागी अविलम्ब नियन्त्रण गर्न किसान आयोगको अपिल

वन डढेलो र आगलागी अविलम्ब नियन्त्रण गर्न किसान आयोगको अपिल

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • वन डढेलो र आगलागी अविलम्ब नियन्त्रण गर्न किसान आयोगको अपिल

    काठमाडौँ / किसान आयोगले वन डढेलो र आगलागी नियन्त्रण गर्न माग गरेको छ । आगलागी र डढेलोका कारण समग्र कृषि क्षेत्रको उत्पादनमा कमी आई राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा असर पर्ने बताउँदै आयोगले तीन तहका सरकार र सरोकारवाला निकायलाई अविलम्ब आगलागी नियन्त्रण गर्न माग गरेको हो । 

    images
    images

    सुक्खायाममा बढ्दै गए‌को आगलागी र डढेलोका कारण समग्र कृषि क्षेत्रको उत्पादनमा कमी आई राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक असर पर्ने देखिन्छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले दैनन्दिन ठूलो परिमाणमा घटेका आगालागीका घट्‌नाप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको छ । 

    मुलुकका विभिन्न स्थान( हिमाल, पहाड र तराई क्षेत्रहरूमा फागुनगता आगलागी र वनडढेलोका घटनाहरू व्यापक मात्रामा घटिरहेको छन्। आगलागी र वन डढेलोका घटनाहरूबाट कृषि र पशुपन्छी क्षेत्र अन्तर्गत विभिन्न बालीनाली, पशु चौपाया, पन्छी, इत्यादी उत्पादन गर्ने कृषकहरूको ठुलो मात्रामा धनजनको क्षति भै रहेको छ। 

    “आगलागी नियन्त्रणका लागि दमकल, फायर पम्प लगायत आगलागी नियन्त्रण सम्बन्धी उपकरणहरू तयारी अवस्थामा राखी तदारुकता साथ आगलागी नियन्त्रण कार्यमा जोड दिनका लागि आयोग अपिल गर्दछ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “वन डढेलो लगाउने तथा आगजानी गर्नेलाई खोजविन र पहिचान गरी दण्डित गर्ने कानूनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्न आयोग आग्रह गर्दछ। सुक्खायाम सुरू हुनुभन्दा अगावै डढेलो पुर्वानुमान र नियन्त्रणका लागि आवश्यक योजना निर्माण र त्यसको कार्यान्वयनका लागि चाहिने भौतिक, प्राविधिक तथा आर्थिक स्रोत सुनिश्चित गर्न समेत सम्बन्धित सबै सरोकारवाला निकायहरूमा आयोग अपिल गर्दछ।”

    आगलागी र वनमा लागेको आगो मानव बस्ती र कृषिजन्य उत्पादन क्षेत्रमा सल्किँदा भएको मानवीय र भौतिक क्षतिका कारण मर्कामा परेका कृषकहरूलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । 

    साथै, समस्या समाधानका लागि दीर्घकालिन उपायहरू कार्यान्वयनमा ल्याउनका लागि आयोगले सरकार र सरोकारवाला निकायसमक्ष अपिलसमेत गरेको छ । यस वर्ष हिउँदमा समेत पर्याप्त बर्षा हुन सकने । लामो समययता हिउँदे वर्षा हुन नसक्दा खडेरीले पानीको मुहान सुकेका छन् । 

    यसले हिउँदेबालीको उत्पादनमा व्यापक हास आउने अवस्था सिर्जना भएको छ भने चैते धान लगाइने सिजनमा पानी नपरेका कारण रोपाईमा पानीको अभाव भएको छ। यस्तो अवस्थामा कृषि क्षेत्रमा व्यापक उत्पादन घट्ने जोखिम बढेको आयोगले उल्लेख गरेको छ । 

    त्यसैले खडेरी प्रभावित किसानहरूलाई उचित राहत प्रदान गरी विद्यमान अवस्थालाई सम्बोधन गर्न डिप ट्युब बेल, स्यालो ट्युब बेल जडान गर्न आवश्यक रहेको आयोगका अध्यक्ष डा. प्रेम दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

    साथै, साना नहर तथा कुल्लोहरूको मर्मत सम्भार समेत गरी अल्पकालिन सिँचाईका पूर्वाधार निर्माणमा जोड दिँदै प्रत्येक वर्षजसो हुने यस्तो प्रकृतिको समस्यालाई सम्बोधन गर्न साना, मझौला र ठूला सिँचाईका कार्यकमहरू सञ्चालन गर्नुपर्ने आयोगले विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार