images
images

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल

    चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् । 

    images
    images

    नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरू एक हुनुपर्ने बताएका हुन् । 
     
    उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे । उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” 

    देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।
     
    समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए। उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए । 
     
    वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उहाँले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए। एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए ।
     
    नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनको भनाइ छ । उनले भने, “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” 

    अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनी बताए । 
     
    पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताए।

    दलले जनताको मन जित्न आवश्यक रहेको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको उनको भनाइ थियो ।
     
    अर्का उपाध्यक्ष केशवलाल तुलाधरले विचारमा एकरुपता दिँदै कम्युनिष्ट एकता गर्न आवश्यक रहेको बताए । 

    नेपाल कम्युनिष्ट पार्टी गठन गरेर  लामो समय जान नसकेको भन्दै उनले अहिले सही विचारका साथ एकता गर्नुपर्ने बताए । 
     
    पार्टीका उपमहासचिवहरु जगन्नाथ खनाल, डा गङ्गाधर तुलाधरले जनताको जनजीविकालाई मध्यनजर गर्दै अघि बढ्नु पार्टीको मूलमर्म रहेको बताए ।

    उनीहरुले अहिले समाजको मुख्य सत्रु गरिबी र सुशासन रहेको बताए । पार्टीका  सचिव हरि पराजुलीले दलहरूले जनतमलाई दिएको आश्वासन पूरा हुन नसकेको बताए । 

    दलहरूले आश्वासन मात्रै दिने गर्दा समाजमा असन्तोष र अन्तरविरोध देखा परेको भन्दै उनले यसलाई अन्त्य गर्न समाजवादी पार्टी आएको बताए ।
     
    कार्यक्रममा पार्टीको प्रदेश सह–इञ्चार्ज साध्यबहादुर भण्डारी, प्रदेश अध्यक्ष सावित्रा भुसाल, जिल्ला इञ्चार्ज कृष्णप्रसाद खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका सचिव प्रकाश खनाल, नेकपा माओवादी केन्द्रका सचिव द्रोणबाबु शिवाकोटीलगायतले बोलेका थिए । 

    एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

    बिहीबार बिहानबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा ४४० जना प्रतिनिधि सहभागी हुने पार्टीका प्रचार विभाग संयोजक विष्णुराज महतोले जानकारी दिए । अधिवेशनले दुई वर्षे कार्यकालका लागि ६४ सदस्यीय जिल्ला कार्य समिति चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार