images
images

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम, जीवन बीमा रलगानिको महत्व बारे बुझाउने

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम, जीवन बीमा रलगानिको महत्व बारे बुझाउने

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम, जीवन बीमा रलगानिको महत्व बारे बुझाउने

    काठमाडौँ / नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पु‍¥याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ ।

    images
    images

    उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अंतर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै “सिटिजन विथ जेन जेड” कार्यक्रमहरु संचालन गर्ने, भविष्यका लागि जीवन बीमा रलगानिको महत्व बारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु संचालन गरी उनिहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्याउने रहेको छ । 

    सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरु मध्ये कान्छो कम्पनीहरुमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरु पनि धेरै जसो युवा उमेर समूहकै छन । 

    सायद त्यसैले नै होला यस कम्पनीले सधै जोश र जागरका साथ नयाँ र आक्रमक रणनिती लिएर व्यापार प्रतिसप्रधामा उच्च स्थान हासिल गरी  सधै आफुलाई प्रमाणित गर्दै आइरहेको छ । 

    हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ ।

    साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेकोे छ ।

    पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो । 

    अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सकृय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागी कम्पनीको व्यवस्थापन समुहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार