images
images

मनास्लु हिमालमा हिमपहिरो : बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम, सर्तक रहन आग्रह

मनास्लु हिमालमा हिमपहिरो : बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम, सर्तक रहन आग्रह

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • मनास्लु हिमालमा हिमपहिरो : बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम, सर्तक रहन आग्रह

    गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । 

    images
    images

    मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । 

    पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए । 

    “बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उनले भने, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”

    उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भने, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । 

    नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताए । “प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन”, उनले भने । 

    गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । 

    वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार