images
images

८ लाखबढीको चाँदीको गहना लिएर हिडेका खत्री प्रहरीको फन्दामा परेपछि...

८ लाखबढीको चाँदीको गहना लिएर हिडेका खत्री प्रहरीको फन्दामा परेपछि...

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • ८ लाखबढीको चाँदीको गहना लिएर हिडेका खत्री प्रहरीको फन्दामा परेपछि...

    मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images

    बिशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय बिजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो ।

    प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाईकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । 

    पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार