images
images

महुली र डिप्रोक्स लघुवित्तका कर्मचारीमाथि आक्रमण, अराजक प्रवृत्ति रोक्न र दोषीलाई कारवाही गर्न सङ्घको माग

महुली र डिप्रोक्स लघुवित्तका कर्मचारीमाथि आक्रमण, अराजक प्रवृत्ति रोक्न र दोषीलाई कारवाही गर्न सङ्घको माग

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • images
    images
    महुली र डिप्रोक्स लघुवित्तका कर्मचारीमाथि आक्रमण, अराजक प्रवृत्ति रोक्न र दोषीलाई कारवाही गर्न सङ्घको माग
    images
    images

    काठमाडौँ / लघुवित्त वित्तीय संस्थाहरूको छाता सङ्गठन नेपाल लघुवित्त बैङ्कर्स सङ्घले लघुवित्त वित्तीय संस्थाहरूमा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले बुधबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महुली, सप्तरी र चैत ७ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीमाथि भएको आक्रमणप्रति भन्र्सना गरेको हो । 

    चैत्र १४ गते बुधबारका दिन दिउँसो २ बजे महुली लघुवित्तको शाखा कार्यालय महुली, सप्तरीमा करिव १०० भन्दा बढी जनाको समूहले कार्यालयमा घेरा हाली प्रवेश गर्न खोजेपछि कर्मचारीहरू डराएर ढोका लगाई बसेको अवस्थामा आक्रमण गरेको सङ्घको भनाइ छ । सुरक्षामा खटिएका प्रहरी समेतलाई नटेरी उक्त समूहले कार्यालयको मूल ढोका तोडफोड गरि भित्र प्रवेश गरेको र ज्यान मार्ने नै मनसायले ह्याक्सो ब्लेड, भाटा आदि घरेलु हात हतियार प्रयोगगरी कर्मचारीहरू बस्ने कोठाको समेत ढोका फुटाएर महिला कर्मचारीमाथि भौतिक आक्रमण गरेका थिए । 

    निर्घात कुटपिट र आक्रमणबाट ती कर्मचारीहरू गम्भीर घाइते भएको बताइएको छ । त्यस्तै, चैत ७ गते बिहान साढे ११ बजे राप्ती नगरपालिका ७ सिक्स ग्रुपमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी माथि पनि आक्रमण भएको सङ्घले जानकारी दिएको छ । 

    अन्दाजी वर्ष ५३ का शुक बहादुर गुरुङले कुटपिट गरी गम्भीर डिप्रोक्स लघुवित्तका कर्मचारीलाई गम्भीर घाइते बनाएको भन्दै सङ्घले घोर भर्त्सना गरेको हो । 

    लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि लघुवित्त संघर्ष समिति संग वार्ता गरी लघुवित्तको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामासमेत यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरू तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको छ । 

    प्रचलित ऐन, कानून बमोजिम स्थापित संस्थाहरूले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेको भन्दै सङ्घले खेद प्रकट गरेको छ । 

    वित्तीय संस्थाको कार्यालय भित्र हुने गरेका र भएका अराजक प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न र दोषीहरूलाई कानुनी दायरामा ल्याउन सङ्घले सम्बन्धित पक्षसँग माग गरेको छ । 

    वित्तीय संस्थाहरूमा भएका अवाञ्छित गतिविधिहरूलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रूपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्याउनसमेत सङ्घले सरकारसमक्ष आग्रह गरेको छ । 

    सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ग्राहक र संस्था बिचमा सुमधूर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्न लघुवित्त वित्तीय संस्थाहरू सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरु तथा ग्राहकहरूमा यस संघ जानकारी गराउन चाहन्छ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार