images
images

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुन एक दिनमै प्रतितोला २६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुन एक दिनमै प्रतितोला २६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याज दर नघटाउदा पनि किन बढ्यो सुनको भाउ ?

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुन एक दिनमै प्रतितोला २६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

    काठमाडौँ / सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।  विश्व बजारमा माग अत्याधिक बढेपछि अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढेपछि नेपाली बजारमा पनि मूल्य अचाक्ली बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर घटाउने सङ्केत दिएको कारणले केही पछिल्लो समय सुनको भाउ बढेको भए पनि अहिले नै ब्याजदर नघटाएको बताए । 

    उनले मानिसहरूको क्रयशक्ति कमजोर हुँदा डलरभन्दा लगानीका लागि सुनलाई सुरक्षित मानेको कारणले विश्व बजारमा सुनको भाउ अत्याधिक बढेको बताए । फेडरल रिजर्भले भने जुनमा मात्रै ब्याज दर घटाउने भनेर जानकारी दिए पनि लगानीकर्ताहरू ब्याज दर घट्नेमा विश्वस्त भई सुनमा लगानी गरेको पूर्व अध्यक्ष शाक्य बताउँछन् । 

    यस बर्षभित्र नै सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँश २२ सय ५० डलर पुग्न सक्ने उनको अनुमान छ । यदि पुगेमा नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३० हजार पुग्ने उनले बताए ।  अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔँश २२ सय ३ डलर कायम भएको छ ।

    सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएदेखि नै माग घटेको व्यवसायीहरूले बताउँदै आएका छन् ।  मूल्य नघटेमा आगामी बजार पनि नेपाली बजारमा सुनको कारोबार न्यून हुने व्यवसायीहरूको भनाइ छ । 

    शाक्यका अनुसार मङ्सीर महिनामा ४० प्रतिशत सुन खपत भएको भए पनि माघ र फागुनमा घटेर ३ प्रतिशतमा झर्यो । उनले भने, “बजार शून्य छ । विवाहको सिजन सकियो । विवाहको सिजनमै पनि कारोबार ५० प्रतिशतले घटेको छ । अब त हामीलाई २०८१ सालमा के होला भन्ने चिन्ता मात्रै छ ।”

    आज बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ । 

    बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँबाट बढेर १ लाख २७ हजार २ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको मूल्यले पनि आज नयाँ कीर्तिमान बनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दा १ हजार ५ सय ५५ रुपैयाँ पुगेको छ । जुन, हालसम्मकै उच्च हो ।

    सुनको मूल्य बृद्धि हुनुको अर्को कारण मूल्यबृद्धि भएको पूर्व अध्यक्ष शाक्य बताउँछन् । मूल्यबृद्धि हुने भन्दै लगानीकर्ताहरूले सुन किनेर सुरक्षित हुन चाहेको उनको भनाइ छ । 

    डलरले विश्वास गुमाइरहेको कारण डलरको विकल्पमा आफ्नो क्रयशक्ति बचाउन सुनमा लगानी बढिरहेको उनी बताउँछन् । विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको माग बढिरहेको छ । 

    १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ । पछिल्लो समय विश्व बजारमै मूल्य बढेपछि नेपालमा पनि सुनचाँदीको मूल्यमा उच्च बृद्धि भइरहेको छ ।

    अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार