images
images

अध्यागमन विभागको महानिर्देशकमा निरौला, ११ जिल्लाका सिडिओसहित २२ अधिकारीको सरुवा

अध्यागमन विभागको महानिर्देशकमा निरौला, ११ जिल्लाका सिडिओसहित २२ अधिकारीको सरुवा

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • अध्यागमन विभागको महानिर्देशकमा निरौला, ११ जिल्लाका सिडिओसहित २२ अधिकारीको सरुवा

    काठमाडौँ / गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । 

    images
    images

    गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हो । 

    गत फागुन ६ गते तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशक विहीन थियो । यसका कारण अध्यागमन सम्बद्ध विभिन्न सेवाहरु प्रभावित भइरहेको थियो । 

    यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।

    त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

    रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

    यसैगरी विभिन्न विभाग र कार्यालयमाहरु पनि नयाँ जिम्मेवारी तोकेर सरुवाहरु गरिएका छन् ।  कमलराज ढकाल  सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।

    हेर्नुस् सूची 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार