images
images

वैदेशिक लगानीको प्रतिवद्धता बढ्यो, फागुनमा मात्रै ६ अर्ब ४७ करोड प्रतिवद्धता

वैदेशिक लगानीको प्रतिवद्धता बढ्यो, फागुनमा मात्रै ६ अर्ब ४७ करोड प्रतिवद्धता

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • वैदेशिक लगानीको प्रतिवद्धता बढ्यो, फागुनमा मात्रै ६ अर्ब ४७ करोड प्रतिवद्धता

    काठमाडौँ ./ चालु आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ।

    images
    images

    उद्योग विभागको अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा साउनपछिकै सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विश्वका विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालमा उद्योग खोल्नका लागि गरेको लगानी प्रतिवद्धता फागुन महिना पछिको सबैभन्दा धेरै हो ।

    विभागको अनुसार फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ।गत बर्ष २०७९ को फागुन महिनामा एक अर्ब ९२ करोड रूपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो।

    त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनाका अवधिमा २९ अर्ब १३ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ। गत आर्थिक वर्षको आठ महिनामा २० अर्ब ५६ करोड रूपैयाँ बराबरको प्रतिवद्धता आएको छ।

    उद्योगको संख्या पनि बढेको छ। गत वर्ष आठ महिनाको अवधिमा १५९ वटा उद्योग दर्ता भएकोमा यस वर्ष वैदेशिक लगानीबाट २५३ वटा उद्योग दर्ता भएका छन्।

    यी उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन र सेवा क्षेत्रमा उद्योगहरू दर्ता भएका छन्।

    साढे १२ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव

    विदेशी लगानीकर्ताहरुले चालु आवको फागुन मसान्तसम्ममा २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाउँदा नेपालमा सञ्चालनमा रहेका विदेशी कम्पनीमार्फत सेवा दिई नाफा कमाएका रकम विदेश लैजान प्रस्ताव गरेका छन् । विभागमा सोही अवधिमा १२ अर्ब ३५ करोड २४ लाख रुपैयाँ  विदेश लैजान विभागमा प्रस्ताव पेश गरेका छन् ।

    विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत ३ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव विभागमा पेश गरेका छन् । जसमा  १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ, १ करोड २ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ), ५४ करोड ९९ लाख रुपैयाँ भारतीय रुपैयाँ (८७ करोड ९९ लाख रुपैयाँ) र  १३ हजार ६ सय युरो (१९ लाख  रुपैयाँ) रोयल्टीवापत रकम लैजान प्रस्ताव पेश गरेका छन् ।

    सोही अवधिमा विदेशीहरुले ८ अर्ब ५० करोड ६६ लाख रुपैयाँ लाभांसवापतको रकम लैजान प्रस्ताव गरेका छन् । साथै, सेवावापतको रकम भनेर विदेशी लगानीकर्ताले  ७ करोड २ लाख रुपैयाँ विदेशमा लैजान प्रस्ताव पेश गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार