images
images

चैतमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउदा एनआइसीले बढायो, कुनको कति ? (सूचीसहित)

चैतमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउदा एनआइसीले बढायो, कुनको कति ? (सूचीसहित)

फागुनको तुलनामा चैत महिनाका लागि १७ बैंकले घटाएका छन् भने एक बैंकले बढाउदा दुईको स्थिर छ ।

बुधवार, फागुन ३० २०८०
बुधवार, फागुन ३० २०८०
  • चैतमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउदा एनआइसीले बढायो, कुनको कति ? (सूचीसहित)

    काठमाडौँ / चैत महिनाको लागि हाल सञ्चालनमा रहेको अधिकांश वागिाज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएको छ । 

    images
    images

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आगामी महिनाका लागि पछिल्लो महिनाको मसान्त भित्र प्रस्तावित ब्याजदर अनुसार १७ वटा बैंकहरूले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । एक बैंकले ब्याजदर बढाएको छ भने दुई बैंकले फागुन कै ब्याजदर काया गर्ने भएको हो । 

    बैंकहरुद्वारा प्रस्तावित ब्याजदर अनुसार ओैसत ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । फागुनका लागि बैंकहरुले व्यक्तिगत निक्षेपमा औसत ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेका थिए । तर, चैतका लागि प्रस्तावित ब्याजदर औसत ७.२५ मा झरेको हो ।

    यता, एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ ।  सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ । यस्तै, प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् । 

    बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
    कृषि विकास ६.४४३ ५.६६
    एभरेष्ट ६.५
    नेपाल ७.२५
    लक्ष्मी सनराइज ७.५
    माछापुच्छ्रे ७.७५
    एनआईसी एसिया ८.५४८
    प्रभु ७.५ ७.५
    स्टान्डर्ड चार्टर्ड ७.३५
    राष्ट्रिय वाणिज्य ७.३५
    नबिल ७.७५ ७.२५
    ग्लोबल आईएमई ७.६ ७.६
    सिद्धार्थ ७.५
    प्राइम कमर्सियल ७.४ ७.२५
    कुमारी ८.०१ ७.५१
    सानिमा ७.५१ ७.२५
    हिमालयन ८.१५ ७.५
    नेपाल एसबीआई ८.१ ७.०१
    नेपाल इन्भेष्टमेन्ट
    एनएमबी ८.५
    सिटिजन्स ८.२५ ७.७५

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार