images
images

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • ७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ / चालू आर्थिक बर्षको सात महिनामा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको तुलनामा यो तथ्याङ्क २१.६ प्रतिशतले बढी हो । गत बर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । 

    images
    images

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो । 

    समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई रु.९१० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार