images
images

महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँमा कसरी हुँदैछ ट्राफिक ब्यवस्थापन ?

महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँमा कसरी हुँदैछ ट्राफिक ब्यवस्थापन ?

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • images
    images
    महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँमा कसरी हुँदैछ ट्राफिक ब्यवस्थापन ?
    images
    images

    काठमाडौँ / महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड भएपछि आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिएको छ । 

    images
    images

    गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो–बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको हो । 

    त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । 

    गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरेका छन् ।

    आवश्यकता अनुसार डाइभर्सन गरिएका स्थानहरू 

     चावहिलबाट गौशालातर्फ ।

     पुरानो बानेश्‍वरबाट गौशालातर्फ । 

     ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

     द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग । 

     सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।

     लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

     गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

     तिलगंगाबाट गौशालातर्फ । 

     मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । 

     जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।

     सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । 

     जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

    तर, मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन

     कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरू जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,

     कोटेश्वर तिनकुने हुँदै पशुपती वरपरतर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यबस्थापन गरिने ।

     महाराजगन्ज, चावहिल हुँदै पशुपती वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।

     कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

    पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरू 

     सिफल चौर (दर्शानार्थीहरूको)

     कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)

     भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)

     तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)

     वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)

     गुहेश्‍वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरूको सवारी साधनहरू)

    ४. जनशक्ती परिचालन

     महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।

     प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटीलगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ।

     यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ती परिचालन गरिएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार