images
images

स्प्यारो एसएमएसले सुरु गर्यो महिला ‘उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले सुरु गर्यो महिला ‘उद्यमशीलता अभियान’

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • स्प्यारो एसएमएसले सुरु गर्यो महिला ‘उद्यमशीलता अभियान’
    images
    images


    काठमाडौँ / स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला ‘उद्यमशीलता अभियान’ सुरु गरेको छ । आधिकारिक एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला ‘उद्यमशीलता अभियान’ घोषणा गरेको हो । 

    सो अवसरमा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुटका साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गरिने कम्पनीले जनाएको छ ।

    उक्त अभियान अन्तर्गत, महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्छन, साथै एसएमएस मार्केटिङबारे पनि निःशल्क परामर्श लिन सक्नेछन् ।

    बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ ।

    स्प्यारो एसएमएसले यस अभियानमार्फत महिला उद्यमीलाई यो प्रविधिको सहज, सरल र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उनीहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवद्र्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएको छ ।

    स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यवसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार