images
images

सानिमा बैङ्कको चाडपर्व विशेष योजना : छुट प्राप्त गर्नका लागि के गर्ने ?

सानिमा बैङ्कको चाडपर्व विशेष योजना : छुट प्राप्त गर्नका लागि के गर्ने ?

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • सानिमा बैङ्कको चाडपर्व विशेष योजना : छुट प्राप्त गर्नका लागि के गर्ने ?

    काठमाडौँ / सानिमा बैङ्कले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    छुटका लागि, ग्राहकहरूले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।

    यो योजना फागुन २५ गतेदेखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत यही १५ गतेसम्मसम्म आवेदन दिनुपर्नेछ । 
    साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि २०८१ बैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैङ्कको आधिकारिक वेबसाइट https://icard.sanimabank.com वा सानिमा मोबाइल बैङ्किङ्ग एपमार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् ।
    सानिमा बैङ्कको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् । यसैगरी, सानिमा बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरूमा आकर्षक छुटको व्यवस्था मिलाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार