images
images

क्वाटरमा मृत भेटिएका डिएसपीको सुसाइड नोट : ऊ स्वयं अपराधी रहेछ...कानुनी अप्ठ्यारो पर्न सक्ने खतरा पो भयो

क्वाटरमा मृत भेटिएका डिएसपीको सुसाइड नोट : ऊ स्वयं अपराधी रहेछ...कानुनी अप्ठ्यारो पर्न सक्ने खतरा पो भयो

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    क्वाटरमा मृत भेटिएका डिएसपीको सुसाइड नोट : ऊ स्वयं अपराधी रहेछ...कानुनी अप्ठ्यारो पर्न सक्ने खतरा पो भयो
    images
    images

    काठमाडौँ / सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । 

    images
    images

    मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका प्रमुख ४२ बर्षिया बस्याल फागुन २१ गते  आफ्नो क्वार्टरमा मृत भेटिएका थिए ।

    उनी मृत भेटिएको कोठामा प्रहरीले एक पृष्ठ लामो नोट फेला पारेको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त नोट उनले नै लेखिएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    पोस्टमार्टम गरेर उनको शव मोरङबाट पाल्पा पठाइएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी अन्जनी पोखरेलले जानकारी दिए । 

    नोटमा बस्यालले आफ्नो मृत्युको छानबिनका नाममा कसैलाई दुःख नदिन आग्रह गरेका छन् र आफ्ना परिवारका सदस्य तथा सशस्त्र प्रहरी बल सङ्गठनसँग माफी मागेका छन् ।

    उक्त नोटमा डीएसपी बस्यालले काम गरेर देखाउने चक्करमा अप्ठ्यारोमा परेको उल्लेख गरेका छन् । उनले नोटमा एक जना व्यक्तिबारे लेखेका छन् जसको पहिचान खुलेको छैन ।

    “ऊ स्वयं अपराधी रहेछ, पहिले म त्यसलाई सम्बन्धित स्थानमा पुर्‍याई काम गर्छु भनेको त्यसले अपराधी भई मलाई कानुनी अप्ठ्यारो पर्न सक्ने खतरा पो भयो”, नोटमा लेखिएको छ ।

    सुसाइड नोटमा बस्यालले होसहवासमा आफ्नो प्राण त्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । 

    बद्नियत पूर्व पवित्र संगठनलाई अप्ठेरो पार्न नखोजेको उल्लेख गर्दै बस्यालले लेखेका छन् “तर, सङ्गठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स ।” 

    पत्नीसँग क्षमा माग्दै उनले बच्चा राम्रोसँग हेर्न आग्रह गरेका छन् । “मैले जीवनमा तिमिलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु,”उनले लेखेका छन् । 

    आत्महत्याबारे छानबिन गर्ने नाममा अनावश्यक प्रेसर नगर्न आग्रह गर्दै उनले प्रहरीलाई भनेका छन्, “छानबिनको नाममा प्रेसर नदिनु ।” 

    उनको नोटको अन्तिममा लेखिएको “सरि, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।” लेखिएको छ । 

    पाल्पा घर भएका बस्याल कार्यालय परिसरको कोठाको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनले मृत्युअघि आफ्ना सहकर्मी र साथीलाई फोन गरेको र निराशा व्यक्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार