images
images

कम्युनिष्ट एकताको पहल थालेका छौँ - प्रधानमन्त्री

कम्युनिष्ट एकताको पहल थालेका छौँ - प्रधानमन्त्री

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • कम्युनिष्ट एकताको पहल थालेका छौँ - प्रधानमन्त्री

    काठमाडौँ/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले यस्तो बताएका हुन् । 

    images
    images

    “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ” प्रधानमन्त्री प्रचण्डले भने । 
     
    तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । 

    भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । 

    कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र) ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार