images
images

रुसले अन्तरिक्षमा आणविक हतियार राख्ने भएको हो ? के भन्छन् राष्ट्रपति पुटिन ?

रुसले अन्तरिक्षमा आणविक हतियार राख्ने भएको हो ? के भन्छन् राष्ट्रपति पुटिन ?

शनिवार, फागुन १९ २०८०
शनिवार, फागुन १९ २०८०
  • रुसले अन्तरिक्षमा आणविक हतियार राख्ने भएको हो ? के भन्छन् राष्ट्रपति पुटिन ?
    रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन् । 
     
    “हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो,” राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ । 
     
    बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई ‘निराधार’ र ‘नक्कली कथा’ मात्र भएको उल्लेख गरेका थिए । 
     
    रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार