images
images

६ महिनामा विद्युत प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा, बिजुली बेचेरै उठायो साढे ४५ अर्ब

६ महिनामा विद्युत प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा, बिजुली बेचेरै उठायो साढे ४५ अर्ब

चालु आर्थिक बर्षको ६ महिनामा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • ६ महिनामा विद्युत प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा, बिजुली बेचेरै उठायो साढे ४५ अर्ब

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपाल विद्युत प्राधिकरणले १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

    images
    images

    प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो ६ महिनामा प्राधिकरणले १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको हो । 

    यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    आर्थिक बर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा रहेको देखिएको छ । 

    चालु आर्थिक बर्षको ६ महिनामा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । 

    1.JPGस्रोतः नेपाल विद्युत प्राधिकरण

    प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्व ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । 

    नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । 

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार