images
images

सिजी ब्रान्डको डिलर मिट सौराहमा सम्पन्न, नयाँ गुगल टिभी सार्वजनिक

सिजी ब्रान्डको डिलर मिट सौराहमा सम्पन्न, नयाँ गुगल टिभी सार्वजनिक

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • सिजी ब्रान्डको डिलर मिट सौराहमा सम्पन्न, नयाँ गुगल टिभी सार्वजनिक
    images
    images

    काठमाडौँ / सिजी ब्रान्डले सोमबार सौराहस्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मीट कार्यक्रम सम्पन्न गरेको छ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड दावी गरिएको सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरी सो कार्यक्रम सम्पन्न गरेको हो । 

    कार्यक्रममा सिजीका भाइस प्रेसिडेन्ट एस.सि.साबु र बि.यु. यच. धर्मेन्द्र जोशीले दिप प्रज्वलन गरि कार्यक्रम प्रारभ गरेका थिए । 

    सो अवसरमा सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे । कार्यक्रममा ७० जना भन्दा बढी डिलर सञ्चालकका साथै पत्रकारको उपस्थिति रहेको थियो । 
    उक्त कार्यक्रममा सिजी ब्रान्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरूको जानकारी एवम् आउँदै गरेको सामानहरूको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बताएका छन् । 

    कार्यक्रमा चौधरी ग्रुपलगायत सिजी ब्रान्डका कर्पोरेट भिडियो प्रस्तुत गरेका थिए । कम्पनी र ब्रान्डको बारेमा जानकारी दिइएको थियो ।  साथै, बिभिन्न क्षेत्रका डिलरहरूलाई बिभिन्न अवार्डहरू बितरण गरि हौसला पनि प्रदान गरिएको थियो । 

    क्रार्यक्रममा सिजी ब्रान्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयाँ गुगल टिभी सम्पूर्ण डिलर सञ्चालकहरू बिच लन्च गरिएको थियो । 

    आफ्ना सम्पूर्ण डिलर सञ्चालकहरूलाई आउँदा दिनहरुमा अझै राम्रा राम्रा सामानहरू र आकर्षक योजनाहरू पनि ल्याउने जानकारी दिँदै सेल्स हेड हरिचन्द्र अर्याल र सिजी सेल्सका डिजीएम शैलेन्द्र झाले प्रतिबद्धता जनाए । 

    साथै सिजीका मार्केटिङ मेनेजर गौरब हमालले डिलर सञ्चालकहरूलाई हौसला प्रदान गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार