images
images

फोनपेले नविल र सानिमा बैङ्कको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान, प्रयोगकर्ता महिलाले के पाउँछन् उपहार ?

फोनपेले नविल र सानिमा बैङ्कको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान, प्रयोगकर्ता महिलाले के पाउँछन् उपहार ?

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • फोनपेले नविल र सानिमा बैङ्कको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान, प्रयोगकर्ता महिलाले के पाउँछन् उपहार ?

    काठमाडौँ / फोनपेले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क दावी गरिएको फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको हो । 

    images
    images

    सो अभियानद्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको छ।  

    फोनपेले नबिल र सानिमा बैङ्कसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

    अभियानमा सहभागी हुन नबिल र सानिमा बैङ्कका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैङ्किङ एपमार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरि कम्तीमा तीन वटा कारोबार गर्नुपर्ने रहेको छ । 

    नबिल बैङ्कका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैङ्क र नबिल बैङ्कका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप–अप जित्नेछन्।

    अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेका चिफ स्टार्टेजी अफिसर सुबोध शर्माले भने, “सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरू माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरूप परिवर्तन गर्न चाहन्छौँ। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।” 

    फोन पे ले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको कम्पनीको दावी छ । 

    सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको कम्पनीले जनाएको छ । 

    *समाचारको शीर्षकमा फोनपे हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार