काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा नेपालमा १५ सय किलो बढी सुन भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गएको साउनदेखि माघ मसान्तसम्म नेपालमा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको १५ लाख १ हजार ८ सय ६४ ग्राम सुन नेपाल भित्रिएको हो ।