images
images

कांग्रेस महासमिति बैठक अर्थमन्त्रिको दाबी– मन्त्रालयका जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको छ  (पूर्णपाठसहित)

कांग्रेस महासमिति बैठक अर्थमन्त्रिको दाबी– मन्त्रालयका जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको छ  (पूर्णपाठसहित)

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • कांग्रेस महासमिति बैठक अर्थमन्त्रिको दाबी– मन्त्रालयका जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको छ  (पूर्णपाठसहित)

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूले अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् । 

    images
    images

    कांग्रेस महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले आफूले अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरेका हुन् ।

    उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको बताएका छन् । उनले आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशत पुगेको बताउँदै विगत केही वर्षदेखि नै स्रोतको आँकलन नगरी ठुलो सङ्ख्यामा बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले स्रोतमा चापको अवस्था रहेको बताए ।

    यस्तै, आयोजनाको प्राथमिकीकरण कमजोर रहेको र स–साना आयोजनाहरूमा बजेट छर्ने समस्याले खर्चको प्रभावकारितामा समस्या रहेका स्मरण गरे । कोभिडको परिवेशमा नेपाल राष्ट्र बैंकमार्फत ठुलो मात्रामा कर्जा विस्तार भएको र पछि एक्कासि नियन्त्रणमूलक नीति लिँदा अर्थतन्त्रमा सङ्कुचनकारी असर देखिएको उनको भनाइ छ । 

    साथै, जल विद्युत, पर्यटन, कृषिमा ब्यवासायीकरण र सूचना प्रविधि उद्योगलाई संभावनाका क्षेत्रको रूपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकोले दूर दराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुने दाबी उनको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार