images
images

‘चालु आर्थिक वर्षको अन्त्यसम्म दश हजार बढी विद्युतीय सवारी आयात हुँदा एक खर्ब बराबरको राजश्व कमी हुन्छ’

‘चालु आर्थिक वर्षको अन्त्यसम्म दश हजार बढी विद्युतीय सवारी आयात हुँदा एक खर्ब बराबरको राजश्व कमी हुन्छ’

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • ‘चालु आर्थिक वर्षको अन्त्यसम्म दश हजार बढी विद्युतीय सवारी आयात हुँदा एक खर्ब बराबरको राजश्व कमी हुन्छ’

    काठमाडौँ / सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए एक खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ । 

    images
    images

    सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आवको अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो ।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव,भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् । उनीहरुले सरकारले चालु आवमा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएका बताए ।

    बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पारे । 

    अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको बताए । उनले भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैर कर तर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको बताए । 

    आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालले चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको बताए । 

    उनले विभागले माघ अन्तिमसम्म ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गरेको बताए । उनले गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको बताए । उनले माघ महिनाको मात्रै लक्ष्य हेर्दा ४३ अर्ब भनेकोमा ३७ अर्ब राजश्व संकलन भएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार