images
images

राष्ट्रिय गौरवका आयोजना : ६ महिनामा कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च, कुन आयोजनाको कति ?

राष्ट्रिय गौरवका आयोजना : ६ महिनामा कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च, कुन आयोजनाको कति ?

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • राष्ट्रिय गौरवका आयोजना : ६ महिनामा कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च, कुन आयोजनाको कति ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजना अवधिमा विनियोजित कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । 

    images
    images

    अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालू वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेको ३० वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च स्थिति निराशाजनक अवस्थामा देखिएको हो ।

    चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालु तर्फ २ अर्ब ४३ करोड ९५ लाख रुपैयाँ, पुँजीगत तर्फ ५६ अर्ब ३५ करोड १९ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ ६ अर्ब ८५ करोड विनियोजन गरेको थियो । 

    यसमध्ये ६ महिना सकिदासम्ममा १५ अर्ब ५० करोड ८ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ ७४ करोड ३७ लाख रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २४ लाख रुपैयाँ खर्च भएको छ । 

    ६ महिनाको अवधिमा ३० राष्ट्रिय गौरवका आयोजनाका आयोजनाहरू मध्ये पशुपति क्षेत्र विकास कोषले मात्रै लक्ष्यभन्दा धेरै अर्थात ८०.०५ प्रतिशत बजेट खर्च गर्न सकेको छ । अकोषका लागि यो वर्ष २१ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । जसमध्ये, १६ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको हो ।

    यस्तै, पर्वत, म्यादी र मुस्ताङ्ग जिल्लामा रहेको २०२ किलोमिटरको कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला सडक योजना) मा ७५ प्रतिशत खर्च देखिएको छ । उक्त योजनामा हालसम्म ४० किलोमिटर सडक कालोपत्रे, १० वटा पुल र ३ वटा बेली ब्रीज निर्माण सम्पन्न भएका छन् ।

    सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको ७३.६२ प्रतिशत बजेट खर्च भएको छ । यो आयोजनाका लागि भनेर चालू वर्षमा ४ अर्ब १७ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ७ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।

    यस्तै, बबई सिँचाइ आयोजनाले ७२.८३ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनाका लागि चालू वर्षमा ६३ करोड १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये पुस मसान्तसम्ममा ४५ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

    १ अर्ब १७ करोड १० लाख रुपैयाँ बजेट पाएको महाकाली सिँचाइ आयोजनाको बजेट खर्च ६१.७२ प्रतिशत छ । यो आयोजनाले ६ महिनाको अवधिमा ७२ करोड २८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । 

    लुम्बिनी विकास कोषको बजेट खर्चको स्थिति ५० प्रतिशत छ । यो आयोजनाले चालू वर्षका लागि ४५ करोड रुपैयाँ बजेट पाएकोमा २२ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । 

    यस्तै, हुलाकी राजमर्ग आयोजनाको बजेट खर्च स्थिति ४४.३५ प्रतिशत छ । यो आयोजनाले चालू वर्षमा ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये, १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

    त्यसैगरी, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बजेट खर्च ३४.३५ प्रतिशत बजेट खर्च गरेको छ । यसपछि, सिक्टा सिँचाइ आयोजनाले २४.८९ प्रतिशत र मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपालले ०.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

    भेरी बबई डाइभर्सन बहुउद्देशिय आयोजनाको बजेट खर्च २३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ३२.७२ प्रतिशत, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५.९६ प्रतिशत, काठमाडौँ–तराई द्रुतमार्ग १९.३७ प्रतिशत खर्च भएको छ । यसबाहेक, पुष्पलाल पहाडी राजमार्गको बजेट खर्च ३७.११ प्रतिशत, उत्तर दक्षिण राजमार्गको ३३.८० प्रतिशत, रेल मेट्रो तथा मोनो रेल विकास आयोजनाको ३४.९८ प्रतिशत खर्च भएको छ ।

    यस अवधिमा सासेक विद्युत तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाको बजेट खर्च ०.०७ प्रतिशत हुँदा पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको खर्च शून्य–शून्य प्रतिशत छ ।

    चार आयोजनाको निर्माण सम्पन्न ! 

    राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

    पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना शुरू हुन विलम्व भएको छ । यसैगरी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी नै तय हुन बाँकी छ भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ ।

    चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ २ अर्ब ४३ करोड ९५ लाख, पुँजीगततर्फ ५६ अर्ब ३५ करोड १९ लाख र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८५ करोड गरी जम्मा ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

    जसमध्ये समीक्षा अवधिमा चालुतर्फ ७४ करोड ३७ लाख र पुँजीगततर्फ १४ अर्ब ७५ करोड ४७ लाख र वित्तीय व्यवस्थामा २४ लाख रुपैयाँ गरी जम्मा १५ अर्ब ५० करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार