images
images

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोवासका लागि विदेशिए, भित्रियो १२ लाख ६३ हजार

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोवासका लागि विदेशिए, भित्रियो १२ लाख ६३ हजार

अध्यागमन विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो ।

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोवासका लागि विदेशिए, भित्रियो १२ लाख ६३ हजार
    फाइल फोटो

    काठमाडौँ / नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन् । 

    images
    images

    आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।

    विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । 

    समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । 

    उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार  ३६९ जना नेपाली विदेशमा नै बसेको बताए । उनले यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना,अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए । 

    उनले यसरी  पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गरे । 

    महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको बताए । 

    उनले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताए । उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए । 

    उनले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निस्कासन गरिएको बताए । उनले सन् २०१७ मा ५५९, सन् २०१८ मा ६७८, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ ३०८ र सन् २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्कासन गरिएको बताए । 

    उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार