images
images

प्रतितोला एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

प्रतितोला एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • प्रतितोला एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ।

    images
    images

    अघिल्लो दिन बिहिबार अर्थात साताको सुरुदेखि नै घटेको सुनको मूल्य आज भने प्रतितोला एक सय रूपैयाँ बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघको अनुसार अघिल्लो कारोबारको दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको थियो । 

    आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार