images
images

४२ लाख भन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

४२ लाख भन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • ४२ लाख भन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

    पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाख भन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले  दुई वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ । 

    images
    images


    बिरगंज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट आज बुधबार करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिईएको  प्रहरी बलले जनाएको छ ।

    प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

    त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करीव २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ ।

    प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 


    बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा  प्रहरी बलको विज्ञप्तिमा उल्लेख छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार