images
images

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौँ / वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ ।  

    images
    images

    अभियुक्त प्रजापतिले सात जनालाई वैदेशिक रोजगारीमा क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निजलाई कौशलटारबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार