images
images

अपि पावरको प्रमुख लगानी रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न

अपि पावरको प्रमुख लगानी रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • अपि पावरको प्रमुख लगानी रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न

    काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडको प्रमुख सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ । 

    images
    images

    रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १ गतेबाट सुरु भई गत साउना मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा असार १ र २ गते नेपालको पूर्वी भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो । 

    उक्त क्षति पश्चात कम्पनीले पुनर्निर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो  ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने कार्य सम्पन्न भएको छ । 

    यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक शेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए । 

    माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १  सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।  

    आयोजनामा Geppert Austria GMBHबाट आयात गरिएको अत्याधुनिक  प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ । आयोजनामा ग्लोवल आईएमई बैंक लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ ।

     ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२  करोड तथा आइपिओमार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पुँजी रु. ६० करोड रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार